नेप्से सूचकमा झिनो सुधार, पेनिक सेल कम हुँदै

काठमाडौं, १५ मंसिर । नेपाली शेयर बजार नेप्से सूचक ५.२८ अंकले बढेर २६३३।६५ विन्दुमा आइपुगेको छ । बुधबार कारोबार रकम भने खुम्चिएको छ । यस दिन २ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारमा पेनिक सेल विस्तारै कम हुँदै गएको छ । जसका कारण कारोबार रकम पनि खुम्चिएको हो।
कृहि लगानी कर्ताहरुले भने सकेसम्म सस्तो भाउमा किन्न चाहिरहेका छन् । भाउमा मोलमोलाईको अवस्था आएकाले पनि खरिदबिक्री रकममा थप कमी आएको हो । यस्तै, बैंकहरुको सीडी रेसियो टाइट भएकाले पनि सहज तरिकाले तरलता प्रवाह गर्न सकेका छैनन् । यसको प्रभाव पनि बजारमा देखिएको छ । यस्तै, ट्रेडरहरुले विभिन्न विन्दुहरुलाई वाच गरेर बस्ने र सोही आधारमा खरिदबिक्री गर्छ ।

यस दिन २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ९ वटा समूह हरिया बनेका छन् । १४ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र महिला लघुवित्त परेका छन् ।
सोही कारण पनि बजार अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको भन्दै कतिपयले खरिदबिक्री गरेका छैनन् । यसले कारोबार रकम कम गराएको हो । तथापि, यतिबेला सेयर भाउहरु निकै सस्तो भइसकेको अवस्था छ । सस्तो मूल्यमा सेयर किनेर तत्कालै लाभांशसमेत हात पार्न सकिने अवस्था छ । यसकारण यतिबेला सेयर खरिद गर्दा घाटाभन्दा लाभको सम्भावना अधिक हुन सक्ने विश्लेषणहरु पनि भइरहेका छन् ।

अधिकांश कम्पनीहरुको पीई रेसियो निरन्तर घटिरहेको छ । यसले बजारमा सेयर भाउ सस्तो भइरहेको देखाउँछ । यद्दपि, खरिदबिक्री सम्बन्धी निर्णय लगानीकर्ताले आफ्नै स्वविवेकमा गर्नुपर्छ । मंसिरको मध्यतिर आइसकेको अवस्था छ । अब सरकारी खर्च बढ्न थाल्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, स्थानीय निकायको निर्वाचन मिति पनि नजिक आइसकेको छ ।

यी परिदृश्यहरुमा अब विस्तारै तरलता सहज हुँदै जाने अपेक्षा गर्न सकिन्छ । यस्तै, विश्वव्यापीरुपमा देखिएको कोरोनाको नयाँ भेरियन्टले पनि लगानीका अन्य क्षेत्रहरु फेरि खुम्चिने सम्भावना देखिएको छ । तर केही समयपछि नै सेयर बजारमा भने यसको सकारात्मक प्रभाव देखिने विगतको अनुभवका आधारमा विश्लेषण गर्न सकिन्छ । किने वित्तीय प्रणालीमा तरलता सहज हुँदै जानेछ ।

लाभांशको समय चलिरहेको छ । अब सूचीकृत कम्पनीहरुले धमाधम साधारण सभा बोलाइरहेका छन् । सभा सम्पन्न गरका कम्पनीहरुले लगानीकर्ताको खातामा लाभांश पठाउन थालिसकेका छन् । यसआधारमा अहिले सेयर होल्ड गर्न सके बाँकी कम्पनीहरुको पनि धमाधम लाभांश हात पार्न सकिनेछ । यसर्थ, आम लगानीकर्ता यस्तो बेलामा पेनिक हुनु हुँदैन ।

आफ्नो होल्ड गर्न सक्ने क्षमता समेत अध्ययन गरेर विवेकपूर्ण निर्णय लिन जरुरी हुन्छ । लगानी गर्दा कम्पनी छनोटमा भने विशेष ध्यान दिन आवश्यक हुन्छ । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्