कांग्रेसको प्रदेश अधिवेशन तयारी पुरा

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले १४औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी अवस्थामा पुगेको छ । प्रदेश काँग्रेसको अधिवेशनका लागि आजबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी पुरा भएका बताएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन अधिकृत खटाई सकेको छ । समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

आजै मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने भोली शुुक्रबार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ ।
यसको साथै सबै क्षेत्रमा विभिन्न पदाधिकारीको लागि उम्मेदुवारी घोषणा कार्यक्रमले व्यापकता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्