प्रधानले गरे बागमती प्रदेश पार्टी सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको बताए दावी गरेको छन् । उनले सभापति देउवा र नेता सिटौलासंग छलफल गरेर मात्र आफू प्रदेश सभापतिमा उम्मेदवारी दिएको बताए ।

प्रधानले निष्ठाको राजनीतिक गर्दै आएको बताए । उनले भने,‘म निष्ठाको राजनीतिबाट डग्दिनँ । निष्ठाको राजीनितक गर्ने मानिस भएकाले साथीभाइको माया र मत पाउँछु ।’ ‘म बागमती प्रदेशको पार्टी नेतृत्व हाँक्ने क्षमता राख्ने व्यक्ति भएकोले उम्मेदवारी घोषणा गर्छु,’ पूर्वरक्षामन्त्री समेत रहेका प्रधानले भने,‘म पार्टीका साथीहरुसँग निकै घुलमिलमा छु त्यसैले समर्थन पाउँछु ।’

गणेशमान सिंहको शालिक अगाडि शान्तिबाटिकामा उभिएर आफूले उम्मेदवारी दिने घोषणा गरेर आज उपस्थित भएको सुनाए । आफूले बागमती प्रदेशका सभापतिका आकांक्षी इन्द्र बाँनियासँग पनि कुराकानी गरेको बताए । मेरो उम्मेदवारी परेपछि आफूलाई बाँनियाले छाड्ने विश्वास व्यक्त गरे । उनले भने,‘इन्द्र बाँनिया र मेरोबीच कुराकानी भएको छ । आशा छ उहाँले मलाई छाड्नुहुनेछ ।’

आफू काठमाडौं उपत्यकाको स्थानीय भएको र बागमती प्रदेशका २१४५ मतमध्ये झण्डै आधा ९ सय मत यही भएकाले जित्ने बलियो आधार भएको तर्क गरे । पार्टीमा सहमति, सहकार्य र एकताको खाँचो भएको स्मरण गराउँदै त्यसमा आफूले भूमिका खेल्ने बताए । सबैले सहमति गरेर आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । उनी नेपाली काग्रेसको इमान्दार र प्रतिष्ठित नेताको रुममा चिनिने नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्