राप्रपाको प्रतिनिधिको नामावलीमा अझै लागेन टुंगो, थापा र लिङ्देन पक्षबीच विवाद यथावत

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन भएको छ ।
महाधिवेशन प्रतिनिधि विवाद टुंगिन नसक्दा महोधिवेशन प्रभावित बनेको हो । अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन पक्षबीच महाधिवेशन प्रतिनिधिलाई लिएर दुई दिनदेखि विवाद भईरहको छ ,
उद्घाटनको कार्यक्रम अघि नै मतदाता नामावली प्रकाशन गर्न कार्यतालिका भएता पनि दुबै पक्षको विवाद नटुंगिँदा बुधबार बिहिबार सम्म पनि मतदाता नामावलीको टुंगो लागेको छैन ।
महाधिवेशनले प्रक्रिया अघि बढे र दुबै पक्षबीच छलफल भए पनि महाधिवेशन प्रतिनिधिबारे अन्तिम टुंगो लगाउन बाँकी हरेको राप्रपाकक युवा नेता सुन्दर पाण्डेले बताए ।

अध्यक्ष्का उम्मेदवार लिङदेनले जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको सूची अध्यक्ष थापाको निर्देशनमा हेरफेर गरेको आरोप लगाउँदै आएको छ
राप्रपाले ३३० प्रदेश सभा स्थानीय तहबाट महाधिवेशन प्रतिनिधि चुनेर ल्याएको छ । महिला, दलित, अल्पसंख्यकलगायत हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा समेट्नुपर्ने थियो । तर त्यसो नगरेको र त्यमा आफ्नो पक्षको कार्यकर्ताको नाम समावेश गरि पार्टी प्रतिनिधि बनाइएकोले विवाद उत्पनन्न भएको पाण्डेको भनाई छ ।

जिल्लाबाट आएको सक्रिय सदस्यता संख्या र महाधिवेशन प्रतिनिधिसमेत हेरफेर भएको बताए । नेतृत्व सकेसम्म सर्वसम्त हुने नभइ प्रजातान्त्रिक प्रक्रिया अनुसार निर्वाचन हुने नेता पाण्डेले बताउ ।
राप्रपामा चार हजार बढी प्रतिनिधि छन्। तर, सबै प्रतिनिधिको नामावली प्रकाशन नभएपछि महाधिवेशनको कार्यतालिका धकेलिने भएको छ । मतदाता नामावलीको विषय टुंग्याउन निर्वाचन समितिले पाँच सदस्यीय समिति गठन गरेको छ । त्यो समितिले विवाद टुंग्याउने प्रयास गरिरहेको नेता पाण्डेले जानकारी दिए ।
राप्रपाको महाधिवेशनको निर्वाचन कार्यतालिका बिहीबार ९ बजेदेखि सुरू गर्ने गरि कार्यतालिका थियो ।

प्रतिक्रिया दिनुहोस्