‘बुलबुल’ का निर्देशक विनोदले आर्को फिल्म ‘रबर सिटी’बनाउदैँ

काठमाडौँ , १६ मंसिर । चर्चित फिल्म ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले दोस्रो फिल्म ‘रबर सिटी’ निर्माण गर्ने घोषणा गरेका छन् । ‘बुलबुल’ बाटै निर्देशनमा डेब्यु गरेका उनले फिल्मको एक पोस्टर जारी गर्दै निर्माण कार्य प्रारम्भिक रहेको जानकारी दिएका हुन् ।

अमेरिकामा छायाङ्कन हुने बताइएको फिल्मका लागि अहिलेसम्म रुपमा विक्रमकुमार शर्मा र राधा लम्साल कलाकारको रुपमा छानिएका छन् । यी दुबैको अलवा ‘साँघुरो’ फिल्मका अभिनेता सुशांक मैनाली पनि फिल्मको मुख्य भूमिकामा रहनेछन् ।

विनोदकै लेखन रहेको फिल्मका निर्माता अविरल थापा हुन् । फिल्ममा अंकित पौडेलको छायाङ्कन रहेने छ । भने निर्देशक पौडेलले ‘एक्रोन इन्टरनेसनल’को रुपमा यो फिल्मको काम सुरु गरेका थिए । एक्रोनलाई अमेरिकनले रबर सिटीको रुपमा पनि बोलाउने गरेका छन् । निर्देशक पौडेलले फिल्मका चरित्रको आयातन र सहरको पुरानो चिनारी मिल्दोजुल्दो भएकाले यो नाम जुराएको बताए ।

फिल्मको छायाङ्कन नयाँ वर्षको मार्चमा हुनेछ । फिल्ममा अबिरलका अलवा किर्तना बाँस्कोटा, यतिन परखानी, भक्त रिजाल र राजु पौडेल निर्माताको रुपमा रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्