रोनाल्डोले पूरा गरे ८०० गोल, युनाइटेड विजयी

काठमाडौँ , १७ मंसिर। क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३–२ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोल गरेका थिए । रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाउँदै ८ सयौँ गोल पूरा भएको हो ।

त्यसअघि खेलको १३औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ५२औं मिनेटमा अग्रता दिलाएपनि ५४औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २–२ को अवस्थामा पुग्यो ।

तर ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेड ३–२ ले विजयी भयो ।

आर्सनलका ओडेगार्डले युनाइटेडका फ्रेडलाई फाउल गरेपछि भिएआरको सहयोगमा युनाइटेडले पेनाल्टी पायो र त्यसमा रोनाल्डोले गोल गरे ।

जितपछि युनाइटेडले १४ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । आर्सनल १४ खेलबाट २३ अंकसहित पाँचौं स्थानमा छ ।

टोटनहमका लागि हेउन मिन सनले एक गोल गरे भने ब्रेन्टफोर्डका सर्जी कानोसले एक आत्मघाती गोल गरे । जितपछि टोटनहम १३ खेलबाट २२ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्