राप्रपाको केन्द्रीय सदस्यमा युवा नेता पाण्डेको उम्मेदवारी

काठमाडौँ, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता सुन्दर पाण्डेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन । उनले राजेन्द्र लिङ्देनको प्यानलबाट खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

स्थायी घर नुवाकोट भएका उनी विद्यार्थी जीवनदेखि नै राप्रपाको राजनीतिमा लागेको युवा नेता हुन् । पार्टीमा अत्यन्त विश्वासपात्र र इमान्दार नेताको रुपमा चनिन्छि । उनको तीनै पुस्ताले राप्रपाको राजनीतिमा पसिना बगाएकाले आफुलाई सबै नेता तथा कार्यकर्ताहरुको साथ र माया रहेको उनले बताए ।

मलाई सम्मानीत नेता तथा कार्यकर्ताहरुले सदस्यपदको लागि उम्मेदवारी दिन आग्रह गरेकाले उहाँहरुको आग्रहलाई आत्मसाथ गर्दै उम्मेदवारी दिएको हुँ, उनले भने, “संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न, भ्रष्टाचार, विसंगती र राजनीतिक अराजकतालाई अन्त्य गर्न मरो उम्मेदवारी हो ।”

वैचारीक आस्था र विचारमा विश्वास राख्ने पाण्डे पार्टीमा टिके प्रथाको अन्त्यका लागि शसक्त भूमिका खेल्ने बताउँछन्। प्रजातान्त्रिक प्रणालीमा पार्टी चल्नु पर्छ कसैको आशिर्वादले होइन, उनले भने, “यसको लागि पार्टीमा नीतिगत सुधार गर्न आवश्यक छ ।”
नेता पाण्डेले राप्रपाले अहिले अवलम्बन गरेको नयाँ नीति सक्रिय सदस्यताको आधारले प्रतिनिधि छनौट हुने हुँदा आगामी अधिबेशनपछि आर्शिवादबाट पद प्राप्त गर्ने प्रक्रियाको अन्त्य हुने बताए ।

युवा नेता पाण्डे सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका नेता हुन् । उनी सबै कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिसंग भोट माग्न व्यस्त छन् । मिहिनेती र हंसिलो स्वभावका धनी पाण्डेलाई सबैले रुचाएका संभावित नेताको रुपमा पार्टीमा  गनिन्छ ।
अध्यक्ष थापाको नेतृत्वबाट वाक्क दिक्क भएका नेता तथा कार्यकार्ता यसपटक लिङ्देन पक्षलाई प्यानलसहित बिजयी गर्ने पक्षमा उभिएका छन् । राप्रपाको् राष्ट्रिय महाधिवेशन गत बुधबारदेखि काठमाडौंमा चलिरहेको छ । यसले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्