धिरज र अदितीको ‘बाबरी’को छायांकन सम्पन्न

काठमाडौँ , १९ मंसिर । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘बाबरी’को छायांकन सम्पन्न भएको छ ।

चलचित्रको छायांकन निषेधाज्ञाअघि नै शुरु भएको थियो । तर, केही दिन चलचित्रको छायांकन गर्न नपाउँदै निषेधाज्ञा लागू भएपछि काम रोकिएको थियो । निर्माणपक्षले चलचित्रको छायांकन ३८ दिनमा सकिएको बताएको छ । यो चलचित्रलाई मोरङ, झापा, सिक्किम लगायतका स्थानमा सुट गरिएको छ ।

यो चलचित्रमा नायक धिरज मगर, नायिका अदिती बुढाथोकीको साथमा नवकलाकार धिरज टोट्लानीको मुख्य भूमिका रहेको छ । चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ ।

अदितीले चलचित्र ‘कृ’मा काम गरेको केही वर्षपछि होम प्रोडक्सनको ‘बाबरी’मा काम गरेकी हुन् । धिरजसँग भने उनको पहिलो सहकार्य हो ।

निर्माणपक्षले चलचित्रको कुनै पनि तस्वीर सार्वजनिक गरेको छैन । चाँडै नै चलचित्रको फस्टलुकको साथमा प्रदर्शन मिति तय गरिने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्