दुई वर्षपछि बल्ल सकियो मुकुन र लक्ष्मीको ‘विच्छेद’को छायांकन

काठमाडौँ , १९ मंसिर । कोरोना महामारीको चपेटामा परेको चलचित्र ‘विच्छेद’को छायांकन दुई वर्षपछि बल्ल सकिएको छ । चलचित्रको छायांकन २०७६ चैत २५ गतेबाट शुरु भएको थियो ।

यो चलचित्रको छायांकन शुरु भएलगत्तै कोरोना महामारीका कारण लकडाउन भएपछि काम अगाडि बढ्न सकेको थिएन ।

सत्यराज चौलागाईंको निर्देशनमा बनेको ‘विच्छेद’मा अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका छ । राज पण्डित, सुवास राई र साबी बज्राचार्यको लगानी रहेको यो चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजोपाध्याय र जीवन थापाले पनि अभिनय गरेका छन् ।

संकल्प भुजेलको छायांकन रहेको यो चलचित्र गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाई बताउँछन् । चलचित्रमा सुरज थापा र एसडी योगीको संगीत छ । चलचित्रको छायांकन रामेछापको एक गाउँमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्