राष्ट्रिय प्रजातन्त्र पार्टी : शपथ समारोह सम्पन्न

काठमाडौँ , १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित कार्यसमितिको शपथ समारोह सम्पन्न भएको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

लिङ्देनलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।

यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए । आइतबार बिहान भएको मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्षका प्रत्यासी कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका थिए । तर पदाधिकारीमा भने कमल थापा हावी भएको छ । यस्तै केन्द्रीय सदस्यतर्फ मिश्रित नतिजा आएको छ । राप्रपाको एकता महाधिवेशन मंसिर १५ गते सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्