पिपुल्स हाइड्रोपावरले करीब एक अर्ब रुपैयाँको आईपीओ जारी गर्दै

काठमाडौं, २० मंसिर । शेयर बजार ओरालो र जती भरेपनि आईपिओ नपरेर निरास भएको बेला पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका केहि राहत दिने भएको छ । कम्पनीले करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने गर्दै छ । यसका लागि तयारीमा लागेको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन लागेको हो ।

कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । आईपिओ निष्काशनको लागि कम्पनीले आवश्यक काम गर्दै धितोपत्र बोर्डमा निवेदन दिने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्