एसियाली युथ पारा गेम्समा नेपालले जित्यो ऐतिहासिक स्वर्णसहित ३ पदक

काठमाडौँ , २० मंसिर । एसियाली युथ पारा गेम्समा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ। बहराइनमा भएको प्रतियोगितामा नेपाली पारा तेक्वान्दो खेलाडीले ऐतिहासिक १ स्वर्णसहित १ रजत र १ कास्य पदक जितेका हुन्।

प्रतियोगितामा पारा ओलम्पियन पलेशा गोवर्धनले स्वर्ण पदक जितिन् भने यस्तै सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कास्य पदक जित्न सफल भएका छन् ।

प्रशिक्षक कविराज नेगी लामाका अनुसार ५७ केजी मुनी क्याटागोरी ४४ मा एतिहासिक स्वर्ण पदक जितेकी हुन्। पलेशलो इरानकी इब्राहिमी रोजालाई ६–० ले हराउँदै स्वर्ण पदक जितेकी हुन् ।

यस्तै के–४४ कै ५२ केजी मुनि तौल समूहको फाइनलमा सिर्जना इरानकै गर्बाक‍मिसानीसँग १८–० ले पराजित हुँदा रजतमा चित्त बुझाउन बाध्य भइन्।

विशाल भने के–४४ को ५८ मुनि तौल समूहको सेमिफाइनलमा उज्वेकिस्तानका शोनाजारोभसँग ३२–६ ले पराजित हुँदा कास्यमा सीमित भए।

प्रतिक्रिया दिनुहोस्