घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं , मंसिर २९ । नेपाली बजारमा आज (बुधबार) सुनको भाउमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा आइपुगेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने बुधबार स्थिर देखिएको छ । चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्