सुनसहित विमानस्थलबाट पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं , मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन लुकाई लैजान लागेको अवस्थामा पाँचजना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

एक हजार ३११ ग्राम बजारबरको सुनको औठी र चुरासहित उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिकहरू राहदानी नम्बर ए ०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनवीर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडी युनुस अलि, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए ००१००८८५ बाहक २५ वर्षीय जाहिदुल ईस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडी मिराजुल ईस्लाम रहेका छन् ।

पक्राउमध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुनजस्तो धातु बरामद भएको हो ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको धातु फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्