ह्वातै बढ्यो सुनको भाउ, आज कति पुग्यो तोलाको ?

काठमाडौं , पुस २ । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर एक हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्