विद्यार्थीहरुद्वारा न्यानो कपडा र खानेकुरा वितरण

काठमाडौँ, पुस १३ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित असहाय ज्येष्ठ नागरिक आश्रममा न्यानो कपडाका साथै खानेकुरा वितरण गरिएको छ । सानोभ¥याङस्थित कामना ईन्टरनेशनल कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीद्वारा सहयोग गरिएको हो ।

सेवाको भावनाबाट उत्प्रेरीत भई आफूहरुले खाजा खर्च जोगाई रकम वचत गरी सम्पूणै विद्यार्थीबाट बृद्धाश्रममा रहेका वृद्धवृद्धालाई जाडे मौसममा कपडा र खानेकुरा वितरण गरेकाहुन् । शिक्षक महेश श्रेष्ठले सेवा नै परमधर्म भन्ने मूलनाराका साथ विद्यार्थीले केही रकम संकलन गरी सामाजिक उतरदायित्व वहन गरेकाले अन्य विद्यार्थीलाई पनि समाजसेवामा क्रियाशील हुन प्रेरणा मिल्ने विश्वास व्उयक्त गर्नुुभयो ।

विभिन्न समयमा कलेजमा हुने गरेका विभिन्न अतिरिक्त कृयाकलाप, अन्तरक्र्रिया तथा शिक्षक शिक्षिकाहरुको मानव सेवा सम्बन्धी सुझाव तथा सल्लाहालाई व्यवहारीकतामा उतार्ने क्रममा सहयोग उपलब्ध गराइएको विद्यार्थी सपना तामाङले जानकारी दिनुभयो ।

मानविकी, कानुन, होटल व्यवस्थापनलगायत विषयमा स्नातकसम्म अध्यापन हुने उक्त कलेजका विद्यार्थीले विकट जिल्लाका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आर्थिक तथा जिन्सी समग्री सङ्कलन गरिरहेका छन् । आगामी  दिनमा सुदुर पश्चिमका विपन्न वर्गलाई सहयोग गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्