दशरथ रंगशालामा नेपाल र मरिस बिच दुई मैत्रीपूर्ण खेल हुदैं

काठमाडौँ , १४ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीले माघको तेस्रो सातामा मरिस विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ र १८ माघमा मरिससविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिफाको अन्तर्राष्ट्रिय विश्राम दौरान मैत्रीपूर्ण खेलको आयोजना हुन लागेको एन्फाले जनाएको छ । पछिल्लो पटक नेपालले दशरथ रंगशाला स्थित साउनमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले असोज अन्तिममा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई नतिजा सुम्पिएपछि उपविजेतामा सीमित भएको थियो । नेपाल साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको यो नै पहिलो पटक थियो ।

प्रतिक्रिया दिनुहोस्