अमेरिकामा कोभिड संक्रमितको संख्या बढ्दो क्रममा, दैनिक १२ सयको मृत्यु

काठमाडौँ , १५ पुस । अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिरहेको छ ।

मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्याङ्कमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरुले बताएका छन् ।

अहिले पनि अमेरिकामा संक्रमणका कारण औषतमा दैनिक १२ सयको मृत्यु हुने गरेको छ । संक्रमण बढ्नुमा नयाँ भेरियन्ट ओमिक्रोन भाइरसलाई मुख्य जिम्मेवार मानिएको छ । ओमिक्रोनका कारण अमेरिकामा अस्पताल जाने बिरामीको संख्या न्यून भएपनि यसको संक्रमण दर भने तीव्र छ ।

प्रतिक्रिया दिनुहोस्