स्वदेश फर्कियो उपाधि विजेता नेपाली भलिबल टोली

काठमाडौं,पुस १५ । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप खेलेर नेपालको भलिबल टोली आज स्वदेश फर्किएका छन् ।नेपालको महिला र पुरुष दुवै टिम आज बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, नेपाल भलिबल संघका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।

उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो ।

नेपालको महिला र पुरुष दुवै टिम च्याम्पियनसिपका लागि पुस ५ गते ढाका प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्