३८२ जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या शून्य

काठमाडौं, पुस १७ । पछिल्लो २४ घण्टामा देशभर ३८२ कोरोनाभाइरस संक्रमित थपिएका छन्। २० हजार ९५९ जनामा परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।

पिसिआर विधिबाट पाँच हजार ७ जनामा परीक्षण गर्दा ३४२ र एन्टिजेन विधिबाट १५ हजार ९५२ जनामा परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ। यसैगरी सो अवधिमा २५२ संक्रमित निको भएका छन् भने कुल संक्रमितको संख्या चार हजार ९६९ रहेको छ।

आज शनिबार नेपालमा ५९ हजार ११२ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्