हिउँमाथि बसेर परीक्षा दिइरहेको एक तस्बिर…

 यो तस्बिर गोरखाको चुमनुब्री गाउँपालिका- ४ गापस्थित नुब्री आधारभुत विद्यालयको प्रथम त्रैमासिक परीक्षाको थियो ।

एक्कासी हिमपात भयो, शिक्षकहरूले पूर्वनिर्धारित परीक्षा रोक्न सकेनन् । कक्षाकोठामा राखेर परीक्षा दिन नसक्ने अवस्था नभएपछि विद्यार्थीलाई बाहिर राखेर परीक्षा दिन लगाइयो ।

टेबुलकुर्ची हिउँमाथि राखिएको थियो, त्यहीँबाट विद्यार्थीले परीक्षा दिए । १ देखि ८ कक्षासम्म पढाई हुने उक्त स्कुलका ९० बालबालिकाले हिउँमाथि बसेर परीक्षा दिए ।

पहिलो र दोस्रो सिफ्ट गरेर परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्