एनएमबि बैंकको २६ औ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, पुस २३ ।  एनएमबि बैंकको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा पुस २२ गते काठमाडौंको त्रिभुवन आर्मी क्लबमा सम्पन्न भएको हो । बैंकका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न सभामा शेयरधनीहरुले समेत आ–आफ्नो विचार राखेका थिए ।

वार्षिक साधारणसभाद्वारा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ ।

बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

बैंकलाई दि फिनान्सियल टाइम्स लण्डनले ‘बैंक अफ दि इयर एसिया २०२१’ र ‘बैंक अफ दि इयर नेपाल २०२१’ बाट सम्मानित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्