पदको लोभले ओलीको पछि लागेकाहरूको अहिले हरिबिजोग छ : माधव नेपाल

काठमाडौं, पुस २३ ।  । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पदको लोभले केपी ओलीको पछि लागेकाहरूको अहिले हरिबिजोग भएको बताएका छन् ।

भ्रातृ तथा शुभेच्छुक संस्थाको काठमाडौं महानगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा आज बोल्दै उनले अध्यक्ष नेपालले आफूलाई छोडेर ओलीको पछि लागेका १० जना नेताहरूलाई संकेत गर्दै यस्ता टिप्पणी गरेका हुन् ।

उनको संकेत पार्टीको १०औँ महाधिवेशनबाट पद नपाएका भीम रावल, घनश्याम भुसालसहित १० जना नेताहरूतर्फ थियो । सम्बोधनका क्रममा उनले केपी ओली झुक्याउन र अल्मलाउन सक्ने मान्छे भएको भन्दै नचिनेकाहरूले विस्तारै चिनदै जाने बताए । ‘जसले चिनेको छैनन्, विस्तारै चिन्दै जान्छन् । जसले चिनेका छन् हत्तु हैरान भएका छन्’, उनले भने, ‘पदमा लोभिएर जो जो पछि लागेका थिए उनीहरूको अहिले बिजोग भएको छ ।’

प्रतिक्रिया दिनुहोस्