कामना सेवा विकास बैंकद्वारा नेपालमै पहिलो पटक मोबाइल एपमार्फत शाखा रहितबैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं, पुस २४ । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका,वडा नं ५ बिहुँपोखरामा यही पौष २४ गते , वडा नं ५ का वडा अधक्ष्य शिव प्रसाद कडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सु–सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधि, स्थानिय महानुभावहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस्