संसदको गतिरोध छिट्टै अन्त्य हुन्छ, जनताको विश्वासमाथि धोका गर्दिन : सभामुख सापकोटा

काठमाडौं, पुस २५ । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पुनःस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने विश्वास व्यक्त गरे।

‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई म धोका दिने छैन,’ उनले भने।

कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।
कार्यक्रमका बक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको बताए।

कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्। त्यसक्रममा सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको पनि शिलान्यास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्