आइतबार नेप्सेमा ७३ अंकको वृद्धि

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७३ अंकको वृद्धि भएको छ । यस साताको कारोबारको पहिलो दिन नेप्से ७३.०१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै आइतबार २३९ कम्पनीको ७९ हजार ९०६ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ६ अर्ब ९३ करोड २० लाख बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावरको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै उपसूचकको मुल्य बढेको छ । नेप्सेका अनुसार आज ट्रेडिङ समुहको सबैभन्दा बढी मुल्य ६.०८ प्रतिशतले बढेको छ भने विकास बैंकको ५.४९, फाइनान्सको ५.१६, हाइड्रोको ४.९६ र लगानु उपसूचकको ४.१४ प्रतिशतले बढेको छ ।

त्यस्तै आज नेपाल हाइड्रो डेभलपर र हिमालय उर्जा विकास कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अन्य ७ कम्पनिको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्