भारतमा एकैदिन एक लाख ८० हजार संक्रमित

काठमाडौं, २६ । विश्वभर कोरोना भाइसरको तेस्रोलहर फैलिने क्रम तिब्र भएको छ । यस्तै छिमेकी मुलुक भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार कोभिड(१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका जनाएको छ । । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर ९पोजिटिभिटी रेट० १३.२९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले उल्लेख गरेको छ ।

ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् । केन्द्रीय मन्त्रालयका अनुसार महाराष्ट्रमा सोमबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २१६ पुगेको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५२९ पुगेको छ । त्यस्तै, हालसम्म दिल्लीमा ५१३ र कर्नाटकमा ४४१ जना यो भेरियन्टबाट संक्रमित भएका छन् ।

भारतमा कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । त्यहाँ हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्