ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक

काठमाडौँ , २६ पुस । बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् ।

तर यस पटक भारतीय खेलाडीहरुसँग पछि पर्दै पुष्पा तेस्रो भइन् । पुष्पाले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरिन् ।

उनले गत वर्ष निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् । पुष्पाले टाइमिङ सुधार गरे पनि स्वर्ण रक्षा गर्न भने सकिनन् ।

नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले यस पटक भारतका धावकहरु राम्रो रहेको समेत बताएका छन् ।

भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३४ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् भने भारतकै ज्योती गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत जित्न सफल भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्