नेप्से आज १९ अंकले बढ्यो

काठमाडौँ , २६ पुस । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि आएको छ ।

हिजो आइतबार ७३ अंकले बढेको नेप्से आज १९ अंकले उकालो लागेको छ । कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो ।

यसक्रममा आज पनि सात अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । हिजो आइतबार नेप्सेमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । जुन, आज सोमबारकोभन्दा २ करोडले कम हो ।

त्यस्तै,आज बैंकिङ, होटल एण्ड टुरिजम र उत्पादनमूलक समूहमा भने गिरावट आएको छ । यीबाहेक अन्य सबै समूहमा उत्साहजनक वृद्धि आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २१८ र निर्जीवन बीमा समूहमा १९० अंकको सुधार आएको छ । अन्य समूहमा ११३ अंकको सुधार आएको छ ।

बजार १९ अंकले बढ्दा मध्यभोटेकोसी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने युनियन हाइड्रोपावर लिमिटेडको र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य समान ९÷९ प्रतिशत बढेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्