कामना सेवा विकास बैंक र मोको एपबीच साझेदारी

काठमाडौं, २६ पुस । कामना सेवा विकास बैंक र मोको एपबीच फोकसोन पेमेन्ट सलुसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र फोकसोन पेमेन्ट सलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

मोकोे एप नेपालमा पहिलो ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंकका भिसा कार्ड प्रयोगकर्ताहरूले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् – जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल आदि । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्