पूर्व राजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ , पुस २७ । पूर्व राजा ज्ञानेन्द्र शाहले सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

पुर्वराजा ज्ञानेन्द्रले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार अपराहन्न सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

पूर्वराजा पृथ्वीनारायण शाहको सालिक नजिक पुग्दा उनका समर्थकले उनको पक्षमा नाराबाजी गरेका थिए ।

यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पनि सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्