ऋण नदिएपछि रिसको झोकमा यी व्यक्तिले बैंकमा नै लगाइदिए आगो

काठमाडौं, पुस २७ । एक व्यक्ति ऋण नदिएपछि बैंकमा नै आगो लगाइ दिएका छन् । भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लाका ३३ वर्षीय व्यक्तिले एक बैंकमा आगो लगाइदिएका हुन्।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार बैंकले सुरुमा ती व्यक्तिलाई बैंकले ऋण दिन अस्वीकार गरेको थियो। त्यसपछि रिसाएका उनले बैंकमा आगो लगाइदिएका हुन्।समाचारमा उल्लेख गरिएअनुसार ती व्यक्तिको नाम वासिम अकरम मुल्ला हो। उनले धेरै बैंकहरुबाट ऋण लिन प्रयास गरेका थिए।

एक गैरसरकारी संगठन चलाउनका लागि उनलाई कुनै पनि बैंकले ऋण दिएनन्। उनलाई ऋण नदिनुको कारण उनले यसअघि पनि धेरै ऋण लिइसकेका थिए।

हावेरीको प्रहरीका अनुसार शनिबार राति वासिम आफ्नो मोटरसाइकलको दुवै नम्बर प्लेट हटाएर आफ्नो गाउँबाट हेडिगोन्डा पुगेका थिए।त्यसपछि उनले बैंकको पछाडिको झ्यालको सिसा फोडेर भित्र प्रवेश गरेका थिए।

उनले आफ्नो साथमा पेट्रोल पनि लिएर गएका थिए। बैंकमा आगो लगाइसकेपछि उनी पानी बग्ने नालीमा हाम फालेर भाग्ने प्रयास गरेका थिए तर स्थानीय मानिसहरुले उनलाई समातेर प्रहरीलाई जिम्मा लगाए।

बैंकका अनुसार आगलागीको कारण करिब १६ लाख बराबरको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्