नारायणहिटी ठेक्का प्रकरण : विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौं , पुस २७ । नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

मंगलबार करिब १२ बजे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई दाहालले राजीनामापत्र बुझाएका हुन् ।

नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई भाडामा लगाउने विवादमा दाहाल मुछिएका थिए । मन्त्रालयले गठन गरेको छानबीन समितिले गरेको प्रतिवेदनले पनि दाहालको संलग्नता देखाएको थियो ।

दाहालको गल्ती देखिएको भन्दै छानबीन समितिले सोमबार पर्यटन मन्त्री प्रेमबहादुर आलेलाई प्रतिवेदन बुझाउँदै कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्