भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए, २७७ जनाको मृत्यु

काठमाडौं,पुस २७ । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार ६३ जनालाई कोभिड संक्रमण भएको छ । यो दर सोमबारको तुलनामा ६ दशमलब ४ प्रतिशतले थोरै हो ।

कोभिडको नयाँ संक्रमण फैलिएसँगै भारतमा कोभिड संक्रमित बढिरहेका छन् । भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

पछिल्लो २४ घन्टामा कोभिडका कारण २७७ जनाको मृत्यु भएको छ । यसरी छिमेकी जिल्लामा संक्रमणदर ह्वात्तै बढेपछि यसको जोखि नेपालमा पनि परेको छ । त्यसका साथै डरत्रास पनि कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्