नेप्सेमा आज ४९ अंकको वृद्धि

काठमाडौं, पुस २७ ।  मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४९ अंकको वृद्धि भएको छ । यस साताको कारोबारको तेस्रो दिन नेप्से ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै मंगलबार २३२ कम्पनीको ७७ हजार १५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ६ अर्ब ७२ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार अपि हाइड्रोको भएको छ । यस कम्पनीको आज १६ करोड ८३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै गुर्खाज फाइनान्सको १६ करोड २६ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका उत्पादन उपसूचक बाहेक सबै उपसूचकको मुल्य बढेको छ ।

नेप्सेका अनुसार आज अन्य समुहको सबैभन्दा बढी मुल्य फाइनान्सको ६.१५ प्रतिशतले बढेको छ भने माइक्रोफ़ाइनन्सको ३.९० प्रतिशतले बढेको छ ।  त्यस्तै आज मध्यभोटेकोशीसहित पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज माउन्टेन इनर्जीको शेयर मुल्यमा सबैभन्दा बढी ३.५२ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्