ह्वात्तै बढ्यो कोरोना, एकैदिन थपिए २ हजार ४ सय ४४ जना संक्रमित , काठमाडौँमा मात्रै १२ सय बढी

काठमाडौं, पुस २७ । नेपामा आज ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । अज देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।

यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।

हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् । यता देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस्