काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकलमा कडाइ, यस्तो छ प्रशासनको आदेश

काठमाडौं , पुस २७ । काठमाडौं उपत्यकामा स्वास्थ्य प्रोटोकल पालनामा कडाइ गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ लागु हुनेगरी स्वास्थ्य प्रोटोकलमा कडाइ गरेको हो ।

जसअनुसार घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ । यसैगरी माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन । २५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाइएको छ ।

कोरोना संक्रमणदर बढ्दै गएपछि सोमबार गृह मन्त्रालयले सबै किसिमका भेला, सम्मेलनमा रोक लगाउन आफू मातहतका निकायलाई निर्देशन दिएको थियो ।

सोही निर्देशनमा छलफल गरेर उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरिएको ललितपुरमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्