आज सुनको भाउ बढ्यो , कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु.४०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको हो। त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु. पाँचले बढेको छ ।

महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु. ९२ हजारमा कारोबार भएको छ ।

तेजावी सुन तोलाको रु. ९१ हजार पाँच सय पुगेको छ । चाँदी प्रतितोला रु. एक हजार दुई सय ३५ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्