गुरु नानक मठ परिसरको व्यवसायीक संरचना डोजर लगाएर भत्काइयो

काठमाडौं, पुस २८ । बालाजु १६ नयाँबजार विष्णुमती स्थित गुरु नानक मठ परिसरको जग्गा व्यवसायीक प्रयोजनको लागि निर्णाधिन भवनको संरचना भत्काइएको छ ।

काठमाडौं महानगरीय प्रहरी, काठमाडौं महानगरपालिका, स्थानीय जनप्रतिधिनि तथा स्थानीयहरुको सहयोगमा
बुधबार डोजर लगाएर अनाधिकृत रुपमा निमार्णधिन टहरा भत्काईएको हो । यसअघि स्थानीयले त्यस कार्यलाई तत्काल बन्द गर्न माग गरेका थिए । तर त्यो सुनुवाइ नभएपछि आज उक्त टहरा भत्काइएको छ ।

स्थानीय तथा सरोकारवालाहरुले मठ, मन्दिर, धार्मिक स्थलमा व्यवसायीक प्रयोजनका लागि भवन निर्माण गर्दा मठ मन्दिर तथा पुरातात्विक महत्वका स्थल नष्ट र धार्मिक सम्पदा माथी आक्रमण भएको भन्दै टहरा निर्माण कार्य बन्द तथा संरचना भत्काउन माग थिए ।संरचना भत्काइरहदा जनप्रतिनिधि र स्थानीय र टहरा निमार्ण पक्षका व्यवसायी बीच भनाभन समेत भएको थियो । स्थानीय , प्रहरी, नगर प्रहरी को बाक्लो उपस्थीति रहेको थियो ।

 

मठ संरक्षण तथा भवन निर्माण कार्य बन्द गर्न माग गर्दै स्थानीयले कामपा १६ वडाकार्यालय, काठमाडौं महानगरपालिका, गुठी संस्थान, अख्तियार दुरुपयोग तथा अनुसन्धानआयोग लाई पटक पटक ध्यानाकर्षण गरेको थियो । त्यसकै प्रभाव स्वरुप सो संरचना आज भत्काएकोमा स्थानीय तथा जनप्रतिनिहरुले राहात महसुश गरेका छन् ।

वडा सदस्य जीवन मान्नधरले यस्ता कार्यमा आफुले साथ नदिने  र यसका  विरुद्धमा सधैं  आवाज उठाइरहने बताए । त्यसै गरि उनले नक्सा पास समेत नगरि संरचना बनाएको जानकारी गराए । आगामी दिनमा पनि अनाधिकृत रुपमा निमार्णधिन टहरा कसैले बनाउन नहुनेमा उनले जोड दिए ।

टहरा भत्काईएको ठाउँमा स्थानीयहरुले नाराबाजी समेत गरेका थिए ।पछिल्लो समय जनप्रतिनिधि, म्हैपीयुवाक्लब तथा स्थानीय सरोकारवालाले मठ तथा मठ परिसर संरक्षण अभियाननै चलाएको छ ।

मठको संरक्षण गर्नुको साटो स्वंम मठका महन्तले व्यक्तिगत फाइदाको लागि मठको जग्गा व्यवसायीक प्रयोजनको निम्ति भाडामा लगाउनु सार्वजनीक सम्पत्तिको दुरुपयोग र अपराध पनि हो । यस्ता कार्य तत्काल बन्द नगरे एक दिन गुठि र मठ तथा मन्दिरको अस्थित्व नै समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्