नेप्सेमा ३० अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको तीन दिन लगातार बढेको नेप्सेमा बुधबार गिरावट आएको छ । बुधबार नेप्से ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

त्यस्तै बुधबार २२९ कम्पनीको ९० हजार ५९० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । यस कम्पनीको आज २८ करोड ६९ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै हाइड्रो इलेक्ट्रीसिटी एण्ड डेभलपमेन्ट कम्पनिको २७ करोड ६१ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका लगानी, उत्पादन र ट्रेडिङ उपसूचक बाहेक सबै उपसूचकको मुल्य घटेको छ ।  नेप्सेका अनुसार आज अन्य समुहको सबैभन्दा बढी ३.४४ प्रतिशतले घटेको छ भने आज लगानी उपसूचकको मुल्य ३.१३ प्रतिशतले बढेको छ ।

त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको शेयरमा सकारात्मक सर्किट लागेको छ । भने नारायणी विकास बैंक र मध्य भोटेकोशी जलविद्युतको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै आज हिमालय उर्जा विकास केन्द्रको शेयर मुल्यमा सबैभन्दा बढी ६.२१ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्