अछाममा मिलमा बेरिएर एक महिलाको मृत्यु

काठमाडौं, पुस २८ । अछाममा मिलमा बेरिएर एक महिलाको मृत्यु भएको छ। अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिँदा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला बुधबार सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिंदा उनको मृत्यु भएको श्रीमान् शंकरमानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्