धादिङमा बाटो बनाउने क्रममा डोजर पुरियो,चालक सहित ३ जना बेपत्ता

काठमाडौँ , २९ पुस । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ ।

डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएका छन् । काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता(डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

बाटो बनाउँदा पहिरो गएर डोजर र मानिस पुरिएका हुन् । स्थानियका अनुसार अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्