कोरोना प्रभाव, मन्त्रिपरिषद बैठक नै अनिश्चित

काठमाडौं, पुस २९ ।  मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज (बिहीबार) बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ ।

केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।

‘केही मन्त्रीहरूमा कोरोना संक्रमण भएको छ, केही कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । त्यसैले आज पनि मन्त्रिपरिषद बैठक बस्ने सम्भावना छैन’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री ज्यु पनि कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । आज बिहीबार पीसीआर गरेपछि बल्ल थाहा हुन्छ ।’

नेपालमा फेरि फैलिएको कोरोनाले शीर्ष तहका नेताहरुलाई नै गाँजेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, मातृका यादव, शक्ति बस्नेतलगायतका नेता संक्रमणपछि एकान्तबासमा छन् । यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्