प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, यी विषयमा हुनेछ छलफल

काठमाडौं,पुस ३० ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषदको बैठक बोलाएका देउवा शुक्रबारबाट अब सबै कार्यक्रममा सहभागिता जनाउने उनको सचिवालयले जनाएको छ ।

बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले १३ बुँदे सिफारिस गरेको थियो ।

गत शनिबारदेखि राजनीतिक भेटघाट स्थगित गरेर आइसोलेसनमा बसेका देउवाले शुक्रबारबाट नियमित काममा फर्किएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोराना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा समेत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । सोमबार र बिहीबार गरिएको कोभिड-१९ परीक्षण गराएका देउवाको दुवै रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्