सर्वदलीय बैठक सकियो, निर्वाचन आयोगको सात बुँदे प्रस्ताव

काठमाडौं, पुस ३० ।  निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सकिएको छ। पालिकाको चुनावबारे आज निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको हो ।

आयोगको कार्यालय काठमाण्डौको कान्तिपथमा भएको सर्वदलीय बैठकमा विभिन्न दलका प्रतिनिधि सहभागी थिए । बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले सात बुँदे प्रस्ताव राखेको छ ।

शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरुबीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।आजको सर्वदलीय बैठकमा पालिका र राष्ट्रिय सभाको चुनाव तथा मतदाता नामावली अद्यावधिकबारे छलफल भएको छ ।

निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । त्यस्तै पालिका निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार पालिकाका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि पालिका निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

कार्यकाल समाप्त भएपछि पालिका सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।

प्रस्ताव:

 

 

प्रतिक्रिया दिनुहोस्