नेपालमा कोरोनाः २४ घण्टामा ५०८७ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ, स ३० । नेपालमा थप ५०८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४२०४ र एन्टीजेन परिक्षणबाट ८८३ गरि कुल ५०८७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६।५ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ११५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १३४७४ पिसिआर र ७०८६ नमुना एन्टीजेन परिक्षण गरि कुल २०५६० जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २३५ पुगेका छन् । त्यस्तै आइसीयुमा १११ जना छन् भने देशभर २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ९४४ जना छन् भने होम आइसोलेसनमा १७ हजार २९१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १९१३ जना, ललितपुरमा ३७७ जना र भक्तपुरमा ३१७ जना गरि कुल २६०७ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौँ उपत्यकामा कुल १०८११ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा ७६२५ जना, ललितपुरमा १९३५ जना र भक्तपुरमा १२५१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्