सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं,पुस ३० । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज भौतिक/भर्चुअल माध्यमबाट कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराही, काठमाण्डौमा सम्पन्न भएको हो ।

उक्त सभामा आ.व. २०७७/ ०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान (NFRS)  बमोजिमको वित्तीय विवरण पेश गरिएको छ । साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित पनि गरेको छ ।

त्यसै गरी आगामी आ.व. २०७८/०७९का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेण्ट्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

साथै अध्यक्षले कम्पनीको प्रधान कार्यालय सहित २६वटा शाखा कार्यालयहरु संचालन रहेकोमा आगामी आ.व. मा थप शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरीने बताए ।

साथै उनले कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी समेत गराए । त्यसैगरि अध्यक्ष लामिछानले सभामाउ पस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु त्था कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै सभाको विसजर्न गरे ।

प्रतिक्रिया दिनुहोस्