शक्तिशाली ज्वालामुखी विस्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी

काठमाडौँ , माघ १ । विशाल ज्वालामुखी विष्फोटपछि न्युजिल्यान्ड, फिजी र टोंगालगायत धेरै देशमा सुनामीको चेतावनी जारी गरिएको छ । यो ज्वालामुखी पानी मुनि विस्फोट भएको हो ।

सामाजिक सञ्जालमा टोंगाबाट आएका तस्बिरहरूमा पानीका छालहरू चर्च र धेरै घरहरूमाथि बगिरहेको देखिन्छ । ज्वालामुखीबाट निस्किएको खरानी टोंगाको राजधानी नुकुआलोफामा जताततै खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यहाँ बस्ने मानिसहरूलाई उच्च स्थानहरूमा जान अपील गरिएको छ। हुङ्गा टोंगा(हुंगा हापाई ज्वालामुखीको आन्दोलनको सम्बन्धमा यो सबैभन्दा हालैको विस्फोट हो ।

अर्कोतर्फ, फिजीको राजधानी सुभाका अधिकारीहरूले ८ मिनेटसम्म चलेको ज्वालामुखी विष्फोटको आवाज यति बलियो थियो कि यसको आवाज फिजीमा ५०० माइल टाढासम्म पनि सुनिएको थियो ।

टोंगाको भूगर्भ विभागले ज्वालामुखीबाट निस्किएको ग्यास, धुवाँ र बादल आकाशमा २० किलोमिटर उचाइमा पुगेको जनाएको छ । टोंगाको राजधानी, हुंगा टोंगा(हुंगा हापाई ज्वालामुखीबाट ६५ किलोमिटर मात्र अवस्थित छ।

अष्ट्रेलियाको मौसम विभागले त्यहाँ १।२ मिटर अग्लो सुनामी आएको जानकारी दिएको छ । हुङ्गा टोंगा(हुंगा हापाई ज्वालामुखीबाट २३०० किलोमिटर टाढा रहेको न्यूजिल्याण्डमा आँधीको चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्