गायक सन्तोष केसीको ‘गुल्मेली हुम कर’ गीत जताततै भाइरल, हेर्ने होइन तपाई पनि ? (भिडियोसहित)

काठमाडौं , माघ ४ । नेपाली सांगितिक बजारमा दिनानुदिन लोक तथा दोहोरी गीत बजारमा आइरहेका छन् । । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । तर यता फेरि कोरोनाले भने कलाकारमा चिन्ता थपिदिएको छ । कोरोना भएपनि गीत भने आउन रोकीने छैनन् ।

सर्जकले गीत बजारमा पठाउने क्रम भने जारी नै रहन्छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा सावैजनिक भइरहेका हुन् । गीत सार्वजनिक हुनेक्रममा लोकप्रिय गायक एबम् गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ बोलको गीतले पनि दर्शकको माया पाइरहेको छ । गीत सार्वजनिक भएसँगै उक्त गीतले बजार तताइरहेको छ । उक्त गीत केहि दिन मात्रै मात्र बजारमा आएको हो । यतिबेला गायक केसीको यो गीतले चर्चा बटुलीरहेको छ ।

गीतमा पुरुषले महिलालाई घर कहाँ हो भनेर सोधेको र महिलाले ‘गुल्मेली हुम कर’ भन्ने कथा रहेको छ । गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन ।

गीतमा गीतकार एबम् गायक केसी, समीक्षा अधिकारी र प्रिती आलेको को सुमधुर स्वर रहेको छ । भिडियोमा शिल्पा, नम्रता , हर्षिका, सन्चिता , बिक्रम , रमेश , सन्तोष लगायत अन्य कलाकारहरुको दमदार अभिनय रहेको छ ।

केसीको लय शब्द रहेको गीत सन्तोष केसी युट्युब च्यानबाट बजारमा आएको छ । सन्तोष केसीका थुर्पै गीतले चर्चा पाइसकेको छ । यसैले पनिउनका हरेक सिर्जनालाई दर्शकले माया गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्