आर्मीलाई पराजित गर्दै एपीएफ पीएम कपको फाइनलमा

काठमाडौँ , माघ ४ । एपीएफ प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।एपीएफले दिएको २३१ रनको लक्ष्य पछाएको आर्मी क्लबले २० ओभरमा ९ विकेट गुमाउदै १८३ रन बनाएको छ ।

आर्मीका लागि राजेश पुलामीले सर्बाधिक ३८ रन बनाए भने भीम सार्कीले ३५ रन बनाएका थिए । त्यस्तै सुमित श्रेष्ठले २४, हरि चौहानले २२, शहाब आलमले २१ तथा बिक्रम सोबले १४ र सुशन भारीले १२ रन बनाए । आर्मीका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै एपीएफका बलर शरद भेस्वाकरले ३ विकेट लिएका छन् भने अविनास बोहोरा र भुवन कार्कीले २(२ विकेट लिए । त्यस्तै बिपक बोहोरा र किशोर महतोले एक-एक विकेट लिए ।यसअघि एपीएफले त्रिभुवन आर्मी क्लबलाई २३१ रनको विशाल लक्ष्य दिएको थियो ।

टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले २० ओभरमा २ विकेट गुअमौदै २३० रन बनाएको थियो । एपीएफका लागि आसिफ सेखले सर्बाधिक ४३ बलमा ८४ रन बनाएका थिए । आसिफले आफ्नो इनिंगमा १० चौका र ५ छक्का प्रहार गरेका थिए ।

त्यस्तै एपीएफका लागि लोकेश बमले १८ बलमा ६६ रन बनाएका थिए भने प्रदीप ऐरीले ५७ रन बनाएका थिए ।त्यस्तै आर्मीका बलर जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक एक विकेट लिएका थिए ।

अब पीएम कपको फाइनल खेल नेपाल पुलिस क्लबसँग एपीएफ क्लबबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्